कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : एमाले

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसद्मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसद्मा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढङ्गले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा उनले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेसका उपसभापति गुरुङले संसद्मा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य–मान्यताको नै खिल्ली उडाएको बताए । संसद्मा कांग्रेसले सत्तापक्षको आसनमा आएर गरेको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने उनको भनाइ छ ।
सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने बताए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया