अमेरिकी डलरमा स्थिरता समान

काठमाण्डौ । यो साताको दोस्रो दिन सोमबारसम्म बढोत्तरी भएको विदेशी मुद्रा मंगलबार स्थिरता देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सटहीदर अनुसार १ अमेरिकी डलरको खरिददर सोमबार जस्तै १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ ।
युरोको खरिद रकम १३६ रुपैयाँ २२ पैसा, बिक्रिदर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १ सय ६० रुपैयाँ १ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ८४ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ८८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
यसैगरी,क्यानेडियन डलर ९१ रुपैयाँ ९२ पैसा खरिद रहेको छ भने ९२ रुपैयाँ ३९ पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सिंगापुर डलर खरिद मुल्य ८५ रुपैयाँ ९८पैसा छ भने बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ । यसैगरी जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ५६ पैसा बिक्रिदर १० रुपैयाँ ६२ पैसा रहेको छ ।
चाइनिज युयन १ को खरिद १७ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १७ रुपैयाँ १३ पैसा छ । साउदी अरबियन रियालको खरिद मूल्य ३० रुपैयाँ ८६ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ २ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य ३१ रुपैयाँ ७८ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९५ पैसा कायम रहेको छ ।
त्यस्तै,युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ५० पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २७ रुपैयाँ ९४ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ९ पैसा तोकिएको छ । साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनी मा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया