एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
मेरोन्यूज
२०८१ जेठ ७ गते ८:४९

म्याग्दी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।
समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित भएकाे सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । अधिवेशनको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटनका क्रममा उपमहासचिव गुुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट र प्रदेश अध्यक्ष शर्माले नेपाललाई समृद्धिको मार्गमा लैजान बामपन्थी शक्तिहरुको सहकार्य आवश्यक भएको बताएका थिए ।
सम्बन्धित
















मन्त्रिपरिषद्को पहिलो बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया