मंगलबार, माघ ६, २०८२

नवीकरणका लागि दूरसञ्चार प्राधिकरणले काट्यो एनसेललाई पत्र

मेरोन्यूज २०८१ जेठ ७ गते १३:५८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका पत्र पठाएको छ ।

प्राधिकरणले जेठ १५ गतेभित्र २० अर्ब नवीकरण दस्तुर र निवेदन पेस गर्न एनसेललाई पत्र काटेको हो ।

एनसेलको २० वर्षे अनुमति आगामी भदौ १५ गते सकिदैछ । म्याद सकिन ३ महिना अगाडि नै नवीकरण गर्नुपर्ने प्रावधानअनुसार प्राधिकरणले पत्र पठाएको हो ।

सरकारी स्वामित्वको अर्को दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमले केही साताअघि लाइसेन्स नवीकरण गरेको थियो ।

प्रतिक्रिया