४ सदस्यीय बक्सिङ टोली थाइल्यान्ड जाने
मेरोन्यूज
२०८१ जेठ ८ गते १४:४४

काठमाडौं । बक्सिङको दोश्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
मे २४ देखि जुन ३ तारिखम्म हुने प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३।५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्ने छन् । महिला ५४ केजीमा अन्जनी तेलीले खेल्ने छिन् । प्रशिक्षकमा प्रकाश थापा मगर छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया