‘बुद्धका उपदेश पालना गरौँ’ : शेरबहादुर देउवा
मेरोन्यूज
२०८१ जेठ १० गते ७:२६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उहाँले हाम्रो देश अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन नसकेको बताउँदै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।
“शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउँन्”, उनले शुभकामना सन्देशमा भनेका छन् ।
सम्बन्धित
















स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
मुस्ताङ एयरको हेलिकप्टर सकुशल
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया