विद्यार्थी लिएर रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते
मेरोन्यूज
२०८१ जेठ १० गते १५:१३

धनगढी । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ । घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।
सम्बन्धित
















चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
जापानमा मध्यावधि चुनावको घोषणा हुने
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया