इसेवा र इन्फो डेभलपर्सबीच सम्झौता

काठमाडौं । सहकारी तथा माइक्रोफाइनान्सलाई विद्युतीय भुक्तानीको चक्रमा जोड्ने उदेश्यले इसेवा र इन्फो डेभलपर्सबीच सम्झौता भएको छ। विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवा र सफ्टवेयर निर्माता कम्पनी इन्फो डेभलपर्सले समयानुसार सहजताका लागि सम्झौता भएको जनाएका छन् ।
कारोबारलाई डिजिटल बनाउन सहकारी र माइक्रोफाइनान्सको भूमिका ठूलो भएकाले डिजिटल इकोनोमी बनाउने अभियानमा लागेको इसेवाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । सम्झौतासँगै अब कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा लिन सक्ने इसेवाले जनाएको छ ।
यसले सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स् भुक्तानी, एक सहकारीको खाताबाट अर्को सहकारीको खातामा रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्स्फर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउने इसेवाले जनाएको छ। यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यहरुले बैंकका ग्राहकले जस्तै विद्युतीय भुक्तानीका विभिन्न सुविधाहरु उपयोग गर्न पाउने बताइएको छ ।
सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फो डेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया