भद्रपुर नगरपालिकाद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
मेरोन्यूज
२०८१ जेठ १२ गते १४:२६

भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा रु एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए । उनका अनुुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले रु तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व सङ्कलन गरेको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । “राजस्व सङ्कलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व सङ्कलनको लक्ष्य सहजै भेट्न सकिन्छ,” सूचना अधिकारी पोख्रेलले भने ।
सम्बन्धित













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया