कार्यतालिका बनाएरै बजेटको तयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०७८/०७९ को बजेट बनाउने तयारीमा लागेको छ । बजेट महाशाखाका कर्मचारीलाई अहिले भ्याइनभ्याइ छ । बजेटसँग सम्बन्धित कर्मचारी बिहानैदेखि साँझसम्म बजेटको मस्यौदा तयार गर्न खटिएका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई मूर्तरुप दिने गरी आगामी आवको बजेट बनाउने तयारीमा सिंगो मन्त्रालय लागेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । मेरोन्यूजसँग उनले भने, ‘बढी समय बजेट निर्माणमा खर्चनुपर्ने भएकाले सबै कर्मचारीले मन्त्रालयमा धेरै समय काम गरिरहनु भएको छ ।’
समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्ने, दिगो विकासका लक्ष्य पूरा गर्ने, आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेट, नीति तथा कार्यक्रमबीचको अन्तरसम्बन्धलाई सुदृढ तुल्याउने गरी बजेटको प्रस्ताव हुने उनको भनाइ छ । मन्त्री पौडेलले वित्तीय अनुशासन कायम हुने गरी कार्यक्रम प्रस्ताव गर्ने र खर्चलाई नतिजासँग आबद्ध हुने गरी प्रस्ताव गरिने बताए ।
बजेटलाई बढीभन्दा बढी जनमुखी बनाउन सर्वसाधारणदेखि उद्योगी, व्यापारी तथा अर्थ जानकारसँग आवश्यक सुझाव माग गरिएको अर्थसचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए । बजेटको तयारी भइरहँदा अहिले आफ्नो क्षेत्रका लागि विकास निर्माणका परियोजनामा प्राथमिकतामा राख्न स्थानीय नेतादेखि सांसद् समेत आउने क्रम बाक्लिएकाले त्यसले असहजता उत्पन्न गरेको बताए ।
बजेट निर्माणको कार्यमा बाधा हुने भएकाले केही समयका लागि फोन कल या भेटघाटबाट टाढा रहन उनले आग्रह गरे । आयोजनाको माग तथा बजेटमाथिको सुझाव अर्थमन्त्री आफैँले सचिवालयमा लिने गरेका छन् ।
बजेट वक्तव्यमा आफ्ना योजना पार्नको लागि विभिन्न समूह सिंहदरबार धाउन थालेको देख्न सकिन्छ । विभिन्न सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यक्रम बजेटमा पार्न ‘लबिङ’ गर्न थालेका छन् ।
बजेटमा आआफ्ना आयोजना समावेश गर्नका लागि विभिन्न समूहको आगमन बढेको छ । खुद्रे तथा ठूला आयोजना बोकेर दैनिक ५ देखि ६ समूह मन्त्रालय आउने गरेका छन् । बजेटमा समावेश हुने कार्यक्रम सम्बन्धित मन्त्रालयले नै प्रस्ताव गर्नुपर्ने हुन्छ ।
मन्त्रालयका प्रवक्ता सुमन दाहाल बजेटको मस्यौदा तयार गर्न मन्त्रालयको टोली दिनरात नभनी खटिइएको बताउँछन् । पन्ध्रौँ योजनाले लिएको लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति, राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजनालाई स्रोतको अभाव नहुने मन्त्रालयको भनाइ छ ।
गरिबी निवरण, अशिक्षा तथा बेरोजगारी न्यूनीकरण गर्दै सामाजिक न्याय प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिने मन्त्रालयले जनाएको छ । नेपालको संविधानले सरकारका तर्फबाट जेठ १५ गते आगामी आवका लागि विनियोजन विधेयक पेश गर्नुपर्ने व्यवस्था गरेको छ । बजेट पेश गर्नुपर्ने मिति नजिकिँदै गर्दा मन्त्रालय कार्यतालिका बनाएर बजेट निर्माणमा जुटेको छ ।
बजेटको कार्यतालिका
१. यसअनुसार चैत १ देखि २० सम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिहरुको सूचकसम्बन्धी विवरण तयार गर्ने ।
२. चैत १० देखि वैशाख ५ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना गरी सुझाव संकलन गर्ने ।
३. चैत १४ देखि चैत २६ गतेसम्म राष्ट्रिय योजना आयोगको बजेट नीति तथा कार्यक्रमबारे छलफल गर्ने ।
४. चैत १५ गतेसम्म विभागहरुले बजेट तर्जुमा नीति तयार गर्नुपर्ने ।
५. चैत १५ देखि निरन्तर रुपमा नेपाल राजस्व बोर्ड विकास समितिमा प्राप्त सुझावउपर छलफल गर्ने ।
६. मिति चैत १५ सम्म एलएमबीआईएसमार्फत विषयगत मन्त्रालयले बजेट प्रस्ताव गर्ने ।
७. चैत १९ देखि २३ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे संसदसँग प्रदेशगत छलफल (अन्तर सरकारी वित्त परिषद्को बैठकसमेत) गर्ने ।
८. चैत २२ देखि ३१ गतेसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल (सशर्त अनुदान) गर्ने ।
९. वैशाख २ देखि २५ सम्म मन्त्रालयगत बजेट कार्यक्रम र खर्च शीर्षगत छलफल गर्ने ।
१०. चैत २६ गतेदेखि वैशाख २५ गतेसम्म सरोकारवाला निकायका प्रमुख तथा विज्ञसँगको सुझाव लिने ।
११. वैशाख २५ गतेसम्म विनियोजन विधेयक सिद्धान्तको प्राथमिकताको मस्यौदा तयार गर्ने ।
१२. वैशाख २० मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्को दुवै सदनमा पेश गर्ने ।
१३. वैशाख २५ गतेसम्म प्राविधिक सहायता र अन्यगैरसरकारी संस्थामार्फत परिचालन हुने सहायता एकीन गर्ने ।
१४. वैशाख ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिम रुप दिई छपाइ गर्ने तथा मन्त्रालयगत प्रगति विवरण छपाइ गर्ने ।
१५. जेठ ५ गते राजस्व बोर्ड विकास समतिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई पेश गर्ने ।
१६. जेठ १० गते राष्ट्रपतिलाई बजेट ब्रिफिङ गर्ने ।
१७. जेठ १० गते व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयार गर्ने ।
१८. जेठ १० गते व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहितको अन्तिम मस्यौदा तयार गर्ने ।
१९. जेठ १२ गते व्यय अनुमानसम्बन्धी किताब छपाइको लागि प्रेसमा पठाइने ।
२०. जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने ।
२१. जेठ १३ गते बजेट वक्तव्यलाई अन्तिम रुप दिने ।
२२. जेठ १४ राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदमा बजेट ब्रिफिङ गर्ने ।
२३. जेठ १४ गते आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र बजेट वक्तव्य छपाइ गर्नेे ।
२४. जेठ १४ गते संघीय संसद्को दुवै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण पेश गर्ने ।
२५. जेठ १५ गते संघीय दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया