भारतद्वारा काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन आज उद्घाटन गरिएको छ ।कूल तीन करोड २३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवनको आज जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भारत सरकारको अनुदान सहयोगमा भान्सा कोठा, डाइनिङ हल, भण्डार, वार्डेन, गार्ड, अतिथि, कार्यालय कक्ष तथा पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, हरित कक्ष, कपडा धुने कक्ष, शौचालय, स्नानघर, सौर्य उर्जा प्रणालीलगायतको सुविधासहितको ३९ कोठा भएको चारतले छात्रावास भवनको निर्माण भएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौँमार्फत गरिएको हो ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
सन् २००३ देखि भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यिमध्ये काठमाडौँ जिल्लाका ४१ परियोजनासहित वाग्मती प्रदेशमा एक सय छवटा परियोजना रहेका छन् ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया