कोशीमा गणतन्त्र दिवस तीन दिन मनाइने
मेरोन्यूज
२०८१ जेठ १४ गते २२:०८

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
निर्णयमा सैबै सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा आम जनसमुदायहरुले आ–आफ्नो कार्यालय परिसर, भवन तथा घरवरपर सरसफाइ गरी आज साँझ दीपावली गर्ने, भोलि बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडि बिहान ७ बजे सबै कार्यालय प्रमुखहरु, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि एवं सुरक्षा निकायहरु उपस्थित भई प्रभातफेरि गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार जेठ १४, १५ र १६ गते आ–आफ्नो घरमा सरसफाइ गरी दीपावली गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय भएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया