संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी:प्रदेश प्रमुख तिलक परियार

कर्णाली ।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी भएको बताएकाछन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको सिद्धान्तले निर्देशित गरेअनुसार कार्यान्वयन गर्न तथा गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरूको पहिलो कर्तव्य हुने उल्लेख गरेका छन् ।
प्रदेश प्रमुख परियारले राष्ट्रसेवक कर्मचारी, आम नेपाली जनताले सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्न आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन् ।
नेपालको संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको दुरुपयोग नगरी अनुशासन र स्वतन्त्रताको द्वन्द्वात्मक सम्बन्धलाई आत्मसात् गर्न आग्रह गरेका छन् ।
नेपाली जनताका प्रतिनिधिहरूमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण गर्दै उनले यसको स्थापनाका लागि आफ्नो जीवन बलिदान दिनुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
“गणतन्त्र दिवस विगत सात दशकदेखिको गणतन्त्र स्थापनाका लागि गरिएका सशस्त्र, शान्तिपूर्ण सङ्घर्ष र दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विविध वर्गीय, जातीय, क्षेत्रीय, दलित, महिला, मधेसी, मुस्लिमलगायतका मुक्ति सङ्घर्षका क्रमहरूमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरूको त्यागको उपज हो ।
गणतन्त्र र संविधानको रक्षा गर्दै अगाडि बढ्नु पर्दछ”, प्रदेश प्रमुख परियारको शुभकामना सन्देशमा उल्लेख छ ।















Balendra Shah appointed as Prime Minister
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
भिरबाट लडेर वडासदस्यको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया