सात दिन भित्र स्पष्टिकरण दिन निर्देशन

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
यसअघि नै ३० दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएकोमा कुनै पनि जानकारी नआएपछि सात दिन म्याद थप गरेको सो कार्यालयले जनाएको छ । तोकिएको मापदण्ड अनुसारको काम नगरेको भन्दै कालोसूचीमा राख्न सिफारिस भएकाले कालोसूचीमा राख्न नपर्ने स्पष्ट कारण र आधार भए सात दिनभित्र पेश गर्न कार्यालयले भनेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवा सर्लाहीले दोलखाको शिवराम कन्स्ट्रक्सन कम्पनी प्रा. ली. लाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।
यस्तै काठमाडौंको दरबारमार्गस्थित विद्युत प्राधिकरणले चिनियाँ कम्पनी सिनोस्टील इक्वीपमेन्ट एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेड र शान्दोङ जेवीस्टील टावर कम्पनी लिमिटेडलाई कारवाहीको सिफारिस गरेको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अम्बा स्टोर धरान ९ सुनसरी, शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले एसपी निर्माण सेवा इटहरी २ सुनसरी र पूर्वाधार विकस कार्यलय कालिकोटले परिवर्तन निर्माण सेवा रास्कोट ७ कालिकोटलाई कालोसूचीमा राख्न सिफारिस गरेका हुन् ।














अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया