पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स श्रीलंका जाने

काठमाडौं । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएका छन् ।
प्रिन्स कोलम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन् । उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ । उनलाई इन्डोनेसियाको राष्ट्रिय टिम सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिनेछन् ।
प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन् । प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलंका जानेछन् ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका छन् । सो अवसरमा सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘ट्रेनिङ प्लान’ पेस गर्न निर्देशन दिंदै नेपाली प्रशिक्षकको पनि स्तरवृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए ।
‘ओलम्पिक यात्रासम्म प्रिन्सका लागि के गर्नुपर्छ । सम्पूर्ण विवरण समेटेर ‘ट्रेनिङ प्लान’ परिषद्मा पेस गर्नुहोला । परिषद्ले सक्दो सहयोग गर्नेछ,’ सदस्य–सचिव घिसिङले भने, ‘प्रिन्ससँगै प्रशिक्षकलाई पनि पठाउनुको उद्देश्य प्रशिक्षकले पनि सिक्ने अवसर प्राप्त गरुन् भन्ने हो । त्यहाँ सिकेको सीपले नेपाली खेलाडीलाई फाइदा पुग्ने हो ।’













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया