अवैध लागूऔषधसहित मकवानपुर र कैलालीबाट दुई जना पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका. १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलो ५ सय ग्रामसहित राक्सिराङ गाउँपालिका.१ बस्ने २८ वर्षीय जीवन लामा समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा।३ ख ८३८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका. ३ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित सोही उपमहानगरपालिका .३ बोराडाडी बस्ने १९ वर्षीय दिपेश अवस्थीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया