आइतबार, पुष १३, २०८२

अवैध लागूऔषधसहित मकवानपुर र कैलालीबाट दुई जना पक्राउ

मेरोन्यूज २०८१ जेठ १८ गते १६:४५

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका. १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलो ५ सय ग्रामसहित राक्सिराङ गाउँपालिका.१ बस्ने २८ वर्षीय जीवन लामा समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा।३ ख ८३८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका. ३ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित सोही उपमहानगरपालिका .३ बोराडाडी बस्ने १९ वर्षीय दिपेश अवस्थीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया