शनिबार, पुष १२, २०८२

सुनसरी बाट सशस्त्र प्रहरिले बरामद गर्यो १ करोड १ लाख

मेरोन्यूज २०८१ जेठ २० गते ९:२६

सुनसरी । सुनसरी बाट जेठ १९ गते शनिबार राती सशस्त्र प्रहरिले हुन्डिको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ।

सुनसरी जिल्लाको हरिनगर गाँउपालिका -५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ( ९७ लाख ) र ५ सय दरको ८ सय थान ( ४ लाख ) रहेको छ ।रकम संगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका -५ बस्ने अन्दाजी बर्ष ३७ को ईसा अन्सारी लाई समेत नियन्त्रणमा लिईएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाइ आबश्यक अनुसन्धान तथा कारबाहिकालागि रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको जनाइएकाे छ।

प्रतिक्रिया