सुनसरी बाट सशस्त्र प्रहरिले बरामद गर्यो १ करोड १ लाख

सुनसरी । सुनसरी बाट जेठ १९ गते शनिबार राती सशस्त्र प्रहरिले हुन्डिको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ।
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका -५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ( ९७ लाख ) र ५ सय दरको ८ सय थान ( ४ लाख ) रहेको छ ।रकम संगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका -५ बस्ने अन्दाजी बर्ष ३७ को ईसा अन्सारी लाई समेत नियन्त्रणमा लिईएको छ ।
प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाइ आबश्यक अनुसन्धान तथा कारबाहिकालागि रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको जनाइएकाे छ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया