आस्कमी भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरु, ५० बढी कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । आस्कमी भर्चुअल जब फेयर २०२० को सफलतापछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्टले बुधबारदेखि शुक्रबारसम्म राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो ।
जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस रहेको छ । आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजारविस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ ।
“हामीले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो । पहिलो वर्षनै ४० भन्दा बढी कम्पनीले विश्वास गरेका कारण पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,” उनले भनिन्, “यसपटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो ।”
भर्चुअल जब फेयरको सर्पोट पार्टनरका रुपमा बोस्टन इन्टरनेशनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक र एनआइसी एशिया बैंक छन् । फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नि ग्रुपले सहभागिता जनाएका छन् ।
त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आइएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसललगायत कम्पनी रोजगारदाताका रुपमा जब फेयरमा सहभागी भएका छन् ।
फेयरमा सहभागी हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकममा लगइन गर्नुपर्ने हुन्छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ । देशभरिका मानिसले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरी आवश्यक्ताअनुसारको रोजगारीका लागि मोबाइल वा कम्प्युटरबाटै आवेदन दिन सक्नेछन् ।
कतिपय कम्पनीले अनलाइन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहे जस्तो कर्मचारी पाउने भएकाले पनि जब फेयर उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया