उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
मेरोन्यूज
२०८१ जेठ २० गते २१:५४

काठमाडौँ । सशस्त्र प्रहरी आज साँझ उदयपुरमा तीन सय केजी गाँजा बरामद गरेको छ ।
बेलका नगरपालिका–८ सिसौलिघाटस्थित सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा सिसौलिघाटको जङ्गलमा सात वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार बिहान पनि सोही स्थान नजिकै दुई सय ८० केजी गाँजा बरामद भएको थियो । सो स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको उनको भनाइ छ ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया