मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपाको सरकार
मेरोन्यूज
२०८१ जेठ २३ गते २१:२१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् ।
बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको हो ।
बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।
०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि ०७९ माघ ४ गते, ०८० जेठ ३० गते, ०८१ फागुन ६ गते र ०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए ।
सम्बन्धित
















दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया