माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् -सरकारलाई हाम्रो समर्थन छैन

काठमाडौं । (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद्लाई पूरै समय सञ्चालन गर्ने अवस्था बनाउनका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ भएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकपछि प्रवक्ता श्रेष्ठले आफूहरुले प्रतिपक्षी पार्टीसँग छलफल गरेर परिस्थिति आँकलन गरिरहेको बताएका हुन् । उनका अनुसार हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहेको हो । उनलेभने “सरकारलाई हाम्रो समर्थन छैन ।”
उनले दुई–तीन दिनभित्र स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक पनि छिट्टै बस्ने उनले बताए ।
फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गर्ने र २३ गते साविकको एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि माओवादी केन्द्र ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस, माओवाद केन्द्र र जसपाको संयुक्त सरकार बनाउने कसरतमा छ । यद्धपी कांग्रेस र जसपाले अझै ठोस निर्णय दिन सकेका छैनन ।
















आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया