लगानीकर्ताको आकर्षणले नेप्सेमा सुधार

काठमाडौं । साताको अन्तिम दिन बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलब ८८ अंकले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा नेप्से शून्य दशमलब ४९ प्रतिशतले बढेर २ हजार ६३१.८९ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलब ८३ अंकले बढेर ४ सय ६६ दशमलब ४२ बिन्दुमा पुगेको छ ।
कूल २ सय १८ कम्पनीको १ करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता शेयर ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ रुपैयाँमा खरिदविक्रि भएको छ ।
तेस्रो त्रैमासिक वित्तीय विवरण राम्रो आउने सम्भावना रहेका र धेरै कम्पनीले साधारण शेयर खोल्न लागेकाले नााफा खाने लोभमा परेका लगानीकर्ता बजारमा सक्रिय भएकाले शेयर बजारमा सुधार देखिएको हो । कारोबार भएका १३ मध्ये ९ समूहको शेयर उकालो लागे भने ४ उपसमूहको शेयर ओरालो लागे ।
व्यापार समूह सर्वाधिक ३ सय ६८ अंकले उकालो लागेको छ । अन्य समूह ६३, विकास बैंक ५२ र निर्जीवन बीमा समूह २५ अंकले उकालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।
होटल तथा पर्यटन, जीवन बीमा, म्याचुअल फण्ड र लगानी उपसूमह घटेका छन् ।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया