लगानीकर्ताको आकर्षणले नेप्सेमा सुधार

काठमाडौं । साताको अन्तिम दिन बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलब ८८ अंकले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा नेप्से शून्य दशमलब ४९ प्रतिशतले बढेर २ हजार ६३१.८९ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलब ८३ अंकले बढेर ४ सय ६६ दशमलब ४२ बिन्दुमा पुगेको छ ।
कूल २ सय १८ कम्पनीको १ करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता शेयर ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ रुपैयाँमा खरिदविक्रि भएको छ ।
तेस्रो त्रैमासिक वित्तीय विवरण राम्रो आउने सम्भावना रहेका र धेरै कम्पनीले साधारण शेयर खोल्न लागेकाले नााफा खाने लोभमा परेका लगानीकर्ता बजारमा सक्रिय भएकाले शेयर बजारमा सुधार देखिएको हो । कारोबार भएका १३ मध्ये ९ समूहको शेयर उकालो लागे भने ४ उपसमूहको शेयर ओरालो लागे ।
व्यापार समूह सर्वाधिक ३ सय ६८ अंकले उकालो लागेको छ । अन्य समूह ६३, विकास बैंक ५२ र निर्जीवन बीमा समूह २५ अंकले उकालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।
होटल तथा पर्यटन, जीवन बीमा, म्याचुअल फण्ड र लगानी उपसूमह घटेका छन् ।

















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया