कुन खानेकुरामा के भिटामिन ?

शरीरलाई विभिन्न प्रकारका भिटामिनयुक्त खानेकुराको आवश्यक पर्दछ। भिटामिनको अभावका कारण शरीरमा रोगहरु उत्पन्न हुन थाल्छन्। हामी दैनिक रुपमा खानेकुराहरु त खान्छौं तर कुन खानेकुरामा कस्ता प्रकारका रोग नियन्त्रण गर्ने कुन कुन भिटामिन पाइन्छ भन्ने कुरामा पुर्ण जानकार हुँदैनौं।
भिटामिन ए :
भिटामिन ए को कमिका कारण रक्तहिनता, आखाँ, कान, फोक्सो र मृगौलामा असर हुनुका साथै मुत्राशाय तथा पेटसम्बन्धि रोगहरु लाग्न सक्छन्। यस्ता रोगहरु नियन्त्रण गर्न भिटामिन ए भएका खानेकुरा खानुपर्दछ। जस्तैः दुध, नौनी पहेलो खानेकुरा, हरियो खानेकुरा आदि।
भिटामिन बि :
भिटामिन बि को अभावका कारण विभिन्न रोगहरु जस्तैः शान्ति नहुने, कब्जियत, दुब्लाउने, रिङ्गटा लाग्ने, पक्षेघान (प्यारालाइस) सुनिने, लिभर तथा पित्तसम्बन्धि रोगहरु लाग्न सक्छन्। र यी रोग लाग्नबाट बच्न विभिन्न खानेकुराहरु फलफुल, दाल, काचै खाने तरकारीहरु, घिऊ, सलाद, दुध आदि नियमित रुपमा खाने गर्नुपर्दछ।
भिटामिन सि : भिटामिन सि को अभावको कारण बिभिन्न रोगहरु मुटु राेग, धड्कन छिटोछिटो हुनु, दम बढ्नु, दाँत खराब हुनु, रगतसम्बन्धि समस्याहरु देखा पर्छन् । यी रोगबाट बच्न फलफुल, काँचै खाने फलफुलहरु, गोलभेडा, अम्बा, कागती, सुन्तला, आँप, अमला, हरियो सागपात, सागसम्बन्धि जस्ता खानेकुराहरु नियमित रुपमा खाने गर्नुपर्दछ।
भिटामिन डी
यस भिटामिनको अभावको कारण क्षेयरोग,स्नायुपद्दतीमा गडबडी, संक्रमक रोगहरु, हाडको खराबि, बच्चाको हाडमा कमलोपन वा खराबी आदि रोग लागछन्। यस्ता रोगबाट बच्नको लागि नियमित रुपमा दुध खाने, सुर्यको प्रकाश,बिशेष गरी बिहानको राम्रो हुन्छ।
भिटामिन ई :
यस भिटामिनको अभावले गर्दा शरिरमा रगतको कमी , रगत नबन्नु वा रक्तहिनता हुनु हुने हुन्छ। यस्ता रोग बाट बच्नको लागि दुध, फलफुल अन्न , फलफुलआदि नियमित रुपमा खाने गर्नुपर्दछ।
भिटामिन केः भिटामिन के काे कमिले रगत जम्ने समस्या देखापर्छ । यस्ताे हुन नदिन हरियो तरकारी तथा भटमास पर्याप्त मात्रामा खानुपर्छ ।
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया