आइतबार, माघ ४, २०८२

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

मेरोन्यूज २०८१ जेठ २७ गते १४:१५

काठमाडौं । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली जाने भएपछि उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्नेगरी उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड आइतबार दिउँसो दिल्ली प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया