पर्यटकको पर्खाइमा थासाङको सेकुङ र भुतर्छो ताल (भिडियाे)
म्याग्दी । स्थलमार्गबाट मुुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुमा पर्ने थासाङ गाउँपालिका–२ मा रहेको सेकुङ र भुतर्छो ताल पर्यटकको पर्खाइमा छन् ।
समुन्द्रि सतहदेखि दुई हजार ६८३ मिटरको उचाईमा सल्ला र धुपीका रुखहरु रहेको जंगलको विचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब पाँच सय मिटर, चौडाई पचास मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ ।
करिब १५० मिटर लम्बाई र विस मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्रि सतहदेखि दुई हजार ७२५ मिटरको उचाईमा अवस्थित छ । ताल परिसरमा चौरि, भेडाबाख्रा र गाईभैसीको चरन खर्क छ ।
करिब तीस मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ । दुई वटै तालको पृष्ठभुमिमा पुर्वतर्फ निलगिरि र पश्चिममा धौलागिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।
बेनी–जोमसोम सडकको ताङछर देखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने साढे तिन किलोमिटर सडक निर्माण भएको छ । पर्यटन विभाग र थासाङ गाउँपालिकाको लागत साझेदारीमा तालको वरपर पैदलमार्ग, सार्वजनिक शौचालय लगायतका पूर्वाधार निर्माण भएको छ । सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
सेकुङ र भुतर्छो ताल धवलागिरि आईसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैसी, भेडाबाख्रा र चौरी गोठ रहन्छन् । चलचित्र र गितका म्युजिक भिडीयो छायांकनका लागि यो ताल “भर्जीन” स्थल बन्न सक्ने सम्भावना रहेको छ ।













थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया