बालबालिकाको शारीरिक र मानसिक विकासका लागि उपयुक्त योगासन

शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न हामीले नियमित रूपमा योग पनि गर्नुपर्छ । किनभने योग गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । योग गर्नाले हामी धेरै प्रकारका समस्याबाट बच्न सक्छौँ । हामीले आफूलाई पनि सुरक्षित राख्नुपर्छ र आफ्ना बालबालिकाको पनि विकास गर्नुपर्छ ।
बढ्दो उमेरका व्यक्तिको स्वास्थ्यका लागि योग गर्नु जति महत्त्वपूर्ण छ, त्यति नै बालबालिकाको स्वास्थ्यका लागि पनि योग गर्नु आवश्यक छ ।
किनभने आजको समयमा बच्चाहरू पढाइका कारण धेरै तनावमा हुन्छन् । योग गर्नाले उनीहरूलाई तनाव कम गर्न मद्दत गर्दछ र बच्चाको एकाग्रता पनि बढ्छ ।
नियमित रूपमा योग र व्यायाम गर्ने बानीले बालबालिकाको मानसिक विकास द्रुत गतिमा हुन्छ । यतिमात्रै नभएर बालबालिकाको दिमागलाई तेजिलो बनाउनको लागि केही विशेष प्रकारको योग सिकाउनुपर्छ ।
जसले गर्दा उनको स्मरण शक्ति बढ्छ । दैनिक २०/३० मिनेट बालबालिकालाई योग अभ्यास गराउनुपर्छ ।त्यसैले बच्चाहरूको लागि कुन योग राम्रो छ जानौँ ।
ताडासन

बच्चाहरूको उचाइको लागि ताडासन धेरै राम्रो मानिन्छ । किनभने ताडासन गर्नाले बच्चाहरूको उचाइ द्रुत रूपमा बढ्छ र उनीहरूको एकाग्रता पनि बढ्छ । ताडासन गर्नका लागि सबैभन्दा पहिले चटाईमा उभिनुहोस् ।
अब दुवै हातलाई माथितिर लैजानुहोस् र सीधा उभिनुहोस् । यसपछि बिस्तारै दुवै खुट्टालाई माथि उठाउनुहोस् र केही सेकेन्डसम्म यही स्थितिमा रहनुहोस् । अब दुवै हातलाई आरामसँग तल ल्याउनुहोस् र हिल (कुर्कुच्चा)लाई भुईँमा राख्नुहोस् ।
सुखासन

सुखासन गर्नाले बच्चाको तनाव हट्छ । यो योगासनले बच्चाको मन पनि शान्त रहन्छ र बच्चा पढाइमा पनि एकाग्र हुन्छ । यसका लागि सबैभन्दा पहिले भुईँमा खुट्टा टेकेर बस्नुहोस् ।
त्यसपछि दुवै हातलाई आफ्नो घुँडासम्म लैजानुहोस् र आफ्नो पीठ सीधा राख्नुहोस् र केही समय यसरी बस्नुहोस् । यसो गर्नाले बालबालिकामा धेरै आनन्द महसुस हुनेछ ।
हेल्थसाईट बाट अनुबाद









चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल
समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल
स्वास्थ्य प्रणाली सुधार नै सरकारको शीर्ष प्राथमिकता : स्वास्थ्यमनत्री डा गौतम
मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
नेपाल र चाइनिज ताइपेविरुद्धको खेलको पहिलो हाफ बराबरी
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया