बालबालिकाको शारीरिक र मानसिक विकासका लागि उपयुक्त योगासन

शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न हामीले नियमित रूपमा योग पनि गर्नुपर्छ । किनभने योग गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । योग गर्नाले हामी धेरै प्रकारका समस्याबाट बच्न सक्छौँ । हामीले आफूलाई पनि सुरक्षित राख्नुपर्छ र आफ्ना बालबालिकाको पनि विकास गर्नुपर्छ ।
बढ्दो उमेरका व्यक्तिको स्वास्थ्यका लागि योग गर्नु जति महत्त्वपूर्ण छ, त्यति नै बालबालिकाको स्वास्थ्यका लागि पनि योग गर्नु आवश्यक छ ।
किनभने आजको समयमा बच्चाहरू पढाइका कारण धेरै तनावमा हुन्छन् । योग गर्नाले उनीहरूलाई तनाव कम गर्न मद्दत गर्दछ र बच्चाको एकाग्रता पनि बढ्छ ।
नियमित रूपमा योग र व्यायाम गर्ने बानीले बालबालिकाको मानसिक विकास द्रुत गतिमा हुन्छ । यतिमात्रै नभएर बालबालिकाको दिमागलाई तेजिलो बनाउनको लागि केही विशेष प्रकारको योग सिकाउनुपर्छ ।
जसले गर्दा उनको स्मरण शक्ति बढ्छ । दैनिक २०/३० मिनेट बालबालिकालाई योग अभ्यास गराउनुपर्छ ।त्यसैले बच्चाहरूको लागि कुन योग राम्रो छ जानौँ ।
ताडासन

बच्चाहरूको उचाइको लागि ताडासन धेरै राम्रो मानिन्छ । किनभने ताडासन गर्नाले बच्चाहरूको उचाइ द्रुत रूपमा बढ्छ र उनीहरूको एकाग्रता पनि बढ्छ । ताडासन गर्नका लागि सबैभन्दा पहिले चटाईमा उभिनुहोस् ।
अब दुवै हातलाई माथितिर लैजानुहोस् र सीधा उभिनुहोस् । यसपछि बिस्तारै दुवै खुट्टालाई माथि उठाउनुहोस् र केही सेकेन्डसम्म यही स्थितिमा रहनुहोस् । अब दुवै हातलाई आरामसँग तल ल्याउनुहोस् र हिल (कुर्कुच्चा)लाई भुईँमा राख्नुहोस् ।
सुखासन

सुखासन गर्नाले बच्चाको तनाव हट्छ । यो योगासनले बच्चाको मन पनि शान्त रहन्छ र बच्चा पढाइमा पनि एकाग्र हुन्छ । यसका लागि सबैभन्दा पहिले भुईँमा खुट्टा टेकेर बस्नुहोस् ।
त्यसपछि दुवै हातलाई आफ्नो घुँडासम्म लैजानुहोस् र आफ्नो पीठ सीधा राख्नुहोस् र केही समय यसरी बस्नुहोस् । यसो गर्नाले बालबालिकामा धेरै आनन्द महसुस हुनेछ ।
हेल्थसाईट बाट अनुबाद
















चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया