पार्टी विधि पद्धतिमा चलाउनुपर्छः कांग्रेस नेता केसी

चितवन।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिए। उनले भने, “पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ ।
त्यसका लागि पार्टी विधि र पद्धतिमा चलाउन आवश्यक छ ।” नेता केसीले स्व आचार्यको योगदानको कदर गर्न उनले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस नेता जगदिश नरसिंह केसी, पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, सविता बराल, मङ्गलध्वज गुरुङ, श्रीकान्त बराल, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतले आचार्यको योगदानको चर्चा गरेका छन्।
















सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया