टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित

काठमाडौँ । पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।
जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो ।
समुह ए अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।
यस समुहमा भारत र अमेरिकाले २-२ खेल जितेर ४-४ अंक हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन् ।
अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ ।















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया