सोमबार, पुष २८, २०८२

नामिबियाले अस्ट्रेलियालाई दियो ७३ रनको लक्ष्य

मेरोन्यूज २०८१ जेठ ३० गते ८:३०

काठमाडौँ । टी-२० विश्वकपको बुधबार खेलिएको खेलमा नामिबियाले अस्ट्रेलियालाई जितका लागि केवल ७३ रनको झिनो लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो ।

नामिबियाका लागि कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए । ओपनर माइकल भान लिङ्गेनले १० रन जोडे । नामिबियाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १२ रन खर्चिएका थिए । जस हेजलउड र मार्कुस स्टोइनिसले पनि दुई–दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन एलिसले पनि एक–एक विकेट लिए । 

प्रतिक्रिया