पाँच केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

दमौली (तनहुँ)। जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ । कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी तोकिएको समयभित्रै सबै सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्ने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरेको छ ।
प्रशासकीय अधिकृत विकास श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘आज सेवा नलिए भोलि पाइँदैन’ भन्ने धारणा नराखी समन्वय गरिदिन आग्रह गरिएको छ ।
आगामी साउनभित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा साबिकमा दुई केन्द्रमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुँदै आएकामा हाल तीनवटा सङ्कलन केन्द्र थप गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । प्रशासन कार्यालयमा हाल चारवटा सङ्कलन केन्द्र रहेका भन्दै देवघाट गाउँपालिकामा एउटा केन्द्र थपिएको उनले बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको अवस्थामा प्रशासन कार्यालयमा विवरण सङ्कलनका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको बढी भीड लाग्ने गर्दछ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवरण सङ्कलनको कार्यलाई सहज बनाउन पालिकागत रुपामा बार निर्धारण गर्ने विषयमा छलफल गरिएको बताए । प्रशासन कार्यालयले निर्धारित समयभित्र सबैलाई परिचयपत्र नम्बर उपलब्ध गराउने भन्दै यसका लागि नागरिकले पनि आवश्यक समन्वय गरिदिनुपर्ने उनले बताए । रासस
















कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया