रौतहट प्रहरीद्वारा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एस्पी दिलीप घिमिरेको सक्रियतामा प्रहरीले मात्र ३० दिनभित्र ४१ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
फैसला कार्वान्यन अन्तर्गत अदालतबाट कैद तथा जरिबाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले पक्राउ गरेको हो । गत जेठ १ गतेदेखि ३० गतेसम्म पक्राउ परेका सबैजना फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ एसपिको रुपमा दिलीप घिमिरेले कमाण्ड सम्हाले देखि एउटा छुट्टै अभियान सञ्चालन गरेर फरार प्रतिवादीलाई पक्राउ गरी कारबाही तथा फैसला कार्वान्यन गराउन तिब्रता दिइएको छ।
त्यसैगरी एस्पी घिमिरेको सक्रियताले जिल्लामा आपराधिक क्रियाकलापमा कमी आउनुका साथै संस्थागत तस्करी समेत नियन्त्रण भएको स्थानीयहरूले बताएका छन।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया