टी-२० विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुँदै छन् ।
ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुँदै छ ।
जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समुह सी मा दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।
समुह सी मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ ।
त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुदै छ ।
समुह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिस्चित गर्ने छ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया