मेयर जैसवालको पहिलो निर्णय पूरा हुँदै: गरुडा नगरपालिकाको भवन निर्माण सुरु

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयरले गरेको पहिलो निर्णय पूरा गर्ने योजना अनुसार आफ्नै भवनको निर्माण कार्य सुरु भएको छ ।
मेयर कन्थमणि जैसवालले शुक्रवार एक समारोह बिच विधिवत रूपमा ब्राहमण द्वारा मन्त्रोच्चारण पश्चात भवनको शिलान्यास गरे लगत्तै निर्माण कार्य सुर भएको हो ।
नगर प्रमुख जैसवालले गरुडा ४ स्थित पशु बजार छेउमा प्रशासकिय भवनको शिलान्यास गरेका थिए। कार्यक्रममा मेयर जैसवालले गरुडा नगरपालिकाको बन्न गईरहेको आफ्नै प्रशासकिय भवन ३ तल्ले बन्ने योजना रहेकोमा तत्काल १ तल्ले भवनको स्टिमेट गरी निर्माण कार्य अगाडी बढाएका छौं बताएका थिए ।
उनले भने “भवन निर्माणका लागी आवश्यक सहयोग, समन्वय, बजेट विनियोजन लगायतमा कुनै कमी हुन दिँदैनौँ । तोकिएको अवधिभित्र गुणस्तरीय मापदण्ड कायम गरेर काम सम्पन्न गर्न निर्माण व्यावसायी जिम्मेवार हुनुपर्छ ।”
चुनाव जितेपछि हामीले गरेको पहिलो निर्णय नगरपालिकाको आफ्नै भवनको निर्माण गर्ने कार्य सुरु भएकोमा मेयर जैसवाल नगरको सम्पूर्ण जनप्रतिनिधिको लागि आजको दिन खुसीयाली मनाउने दिन रहेको जिकिर गरेका थिए। भवनको निर्माण कार्य समयमा पूरा हुन्छ र आगामी आर्थिक वर्षको नगरसभा आफ्नै भवनमा सम्पन्न गर्ने मेयर जैसवालले विश्वास व्यक्त गरेका थिए।
शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मुस्ताख आलमले प्रशासकिय भवन निर्माणका लागि कुल ५ करोड ३३ लाख रुपैयाँमा टेण्डर आह्वान गरेकोमा श्रेष्ठ बटुक भैरव जेवी पर्साले ३ करोड ३३ लाखमा साकार गरेको बताएका थिए। निर्माण भईरहेको भवनमा नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि सुविधा सम्पन्न एक तल्ले घेरावेरा सहितको १४ वटा कोठा हुने छ ।
भवन निर्माण अवधी एकबर्षको रहेको प्रमुख प्रशासकिय अधिकृत आलमले जानकारी दिएका थिए।प्रमुख अतिथिको रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य उद्वाव रेग्मी, विशिष्ट अतिथि पूर्व सांसद रेखा झा, गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरी, मेयर प्रत्याशीहरु सुनिल कुमार यादव, अनिल कुमार यादव,दीपक कुमार यादव,सम्पूर्ण वडाका अध्यक्षहरु, लगायत निर्वाचित जनप्रतिनिधि, लगायतका वक्ताहरुले गरुडा नगरपालिकाको भवन निर्माण कार्य एतिहासिक भएको विचार राखेका थिए ।
गरुडा नगरपालिकामा मेयरको रुपमा कन्थमणि जैसवाल निर्वाचित भए पछि नगरक्षेत्र अन्तर्गत शिक्षा , स्वास्थ संगै भौतिक पूर्वाधार विकासमा बिशेष जोड दिएका छन् ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया