शनिबार, पुष १२, २०८२

क्याम्पस प्रमुख हत्या प्रकरण : शंकास्पद दुई व्यक्ति पक्राउ

मेरोन्यूज २०८१ असार १ गते ७:३५

काठमाडौं । बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख सुरेश काफ्लेका अनुसार शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गम्भीर घाइते उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया