राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको छः उपेन्द्र यादव

धनुषा । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको बताएका छन् ।
महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजन गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भीडले आफूलाई उत्साही बनाएको बताए ।
सङ्घीयता पक्षधर मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायतका शक्ति एकजुट रहेको सन्देश जनकपुर महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकूलताका बीच पनि समर्थकको अपार उपस्थितिले जनतासँग जसपा र जसपासँग जनता रहेको पुष्टि भइसकेको दाबीसमेत गरे ।
हिमाल पहाड र मधेसको एक्यबद्धताले जनता समाजवादी पार्टीको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको उनको भनाइ थियो ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेता हरिनारायण यादव, डा सुरेन्द्र यादव, लालकिशोर साह, स्थानीय आयोजन समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।















‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
रविको मुद्दा न्यायाधीश शर्मा र मुसलमानको इजलासमा
मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया