कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासिले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् । मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा कुरा गर्दा प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपुर्याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने बताएका हुन् ।
उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासिले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे । उनले भने ‘एउटा विकासको परियोजना ऐतिहासिक रुपमा यसरी सम्पन्न गर्दाखेरी कसैको पनि आलोचना गरिरहने भन्दापनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ ,कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो,भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो, न मेलम्चीको कथा अन्त्य हुने हो सरकारले बिस्र्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, तर उपत्यकाबासि कसैलेपनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’
प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामथ्र्य पुष्टि भएको पनि बताए । यसले आगामी दिनमा नविन परियोजना तर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने उनले बताए ।
















नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया