पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल

काठमाडाैं । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताएका छन्।
अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले महाधिवेशनबाट पारित गरिने दस्तावेजले नेपाली विशेषताको समाजवादलाई कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताको सामूहिक छलफलबाट दस्तावेज निर्माण गरिएकाले पार्टीभित्र वैचारिक मतभेद नरहेको प्रष्ट पारे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि समाजवादी मोर्चा हुँदै वैचारिक दृष्टिकोण र विचार मिल्ने समूह तथा राजनीतिक शक्तिलाई एकताबद्ध गर्नुपर्ने भन्दै त्यसले समाजवादको लक्ष्य प्राप्त गर्न सघाउ पुग्ने धारणा राखे।
उनले आफ्नो पार्टीले समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला सारेको उल्लेख गरे।
पार्टीका सम्मानित नेता झलनाथ खनालले सहमतिका साथ नेतृत्व निर्माणका लागि पार्टीको दस्तावेज तयार गरिएको र अझै परिस्कृत गरेर पारित गरिने बताए।
पूर्वप्रधानमन्त्री रहेका नेता खनालले एउटा वैचारिक राजनीतिक कार्यदिशाका साथै नीति, सिद्धान्त र लक्ष्यका आधारमा एकता र सहमति खोज्नुपर्ने उल्लेख गरे।
पार्टीका उपाध्यक्ष एवं अनेमसङ्घका अध्यक्ष जयन्ती राईले महाधिवेशनमा महिला समानुपातिक प्रतिनिधित्व वृद्धि गर्नुपर्नेमा जोड दिए। त्यसअवसरमा अनेमसङ्घका विभिन्न प्रकाशन विमोचन गरिएका थिए।
















चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया