भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै

काठमाडौं। पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ। विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको संख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिए।
उनले भने, ‘भिजिट भिसा देखाएर श्रम (कामदार) का लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गरेका छौँ, अहिलेसम्म त्यस्ता करिब पाँच सयभन्दा बढी फिर्ता गरिएको छ। आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन।’
संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले उक्त मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए।


















विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया