बैतडीमा हत्या गरेको अभियोगमा आठ जना पक्राउ

बैतडी । बैतडीको पाटन नगरपालिका-६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने २६ वर्षीया भागरथी बिष्ट, सोही नगरपालिका-१ लदौरी बस्ने २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर रहेका छन् । भागरथीले शनिबार बीरभानको हत्या गरेको भन्ने खबरप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप सोधपुछको क्रममा भागरथीले बीरभानको हत्या गरी राजेन्द्र , ती किशोर र पाटन नगरपालिका-६ बस्ने ३० वर्षीय आशिष पहरीलाई शव जिम्मा लगाई सोही ठाउँस्थित घाङलखोलामा खसाल्न लगाएको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय डडेल्धुरासँगको समन्वयमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ भत्काडाबाट राजेन्द्र र ती किशोरलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार आशिषको खोजी गरिरहेको छ ।
त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका-१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा नरहा गाउँपालिका-१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पिजिआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया