विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना
मेरोन्यूज
२०८१ असार ५ गते १०:५४

रामपुर (पाल्पा) विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।
रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।
रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा रु एक–एक लाखका दरले रु अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताए । उनकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई रु एक लाखका चेक हस्तान्तरण गरिएको हो ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया