नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीनै जना अनुपस्थित
मेरोन्यूज
२०८१ असार ५ गते १२:२३

पहिलो पटकको अन्तर्वार्तामा अनुपस्थित भएका धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवार दोस्रो पटकको लागि बोलाइएको समयमा पनि उपस्थित भएनन्।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।
सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईँ अनुपस्थित भएका हुन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया