सिरहामा चिरपट प्रहारबाट एक जनाको मृत्यु

सिरहा। सिरहामा मामाको छोराले चिरपट प्रहारगर्दा फूपुको छोराको मृत्यु भएको छ। गोलवजार नगरपालिका १० धर्मपुरका २८ वर्षिय फेकु भन्ने संजय सदाले आफ्नै फूपुको छोरा ४० वर्षिय गेनी सदायमाथि समान्य विवादमा चिरपट प्रहारगर्दा मृत्यु भएको हो ।
गएराती करिव १० बजे खानाखाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भिर घाइते दाई गेनीको उपचारको क्रममा आज विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।
समान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा हानाहानमा पुगेको थियो। घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना राति नै भएपनि प्रहरीले विहान पाँच बजेमात्र जानकागरी पएका थिए।
जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागी गोलवजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाइ छ । घटना स्थल मुचुल्लका उठाउने कार्य भईरहेको र शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ ।












नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया