सिरहामा चिरपट प्रहारबाट एक जनाको मृत्यु

सिरहा। सिरहामा मामाको छोराले चिरपट प्रहारगर्दा फूपुको छोराको मृत्यु भएको छ। गोलवजार नगरपालिका १० धर्मपुरका २८ वर्षिय फेकु भन्ने संजय सदाले आफ्नै फूपुको छोरा ४० वर्षिय गेनी सदायमाथि समान्य विवादमा चिरपट प्रहारगर्दा मृत्यु भएको हो ।
गएराती करिव १० बजे खानाखाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भिर घाइते दाई गेनीको उपचारको क्रममा आज विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।
समान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा हानाहानमा पुगेको थियो। घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना राति नै भएपनि प्रहरीले विहान पाँच बजेमात्र जानकागरी पएका थिए।
जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागी गोलवजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाइ छ । घटना स्थल मुचुल्लका उठाउने कार्य भईरहेको र शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
प्रतिक्रिया