पूर्व राजपरिवारका ज्वाइँ प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेषले दियो सबैलाई सफाइ

काठमाडौँ । विशेष अदालतले सार्वजनिक जग्गा आफ्ना नाममा दर्ता गराएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन राजपरिवारका ज्वाइँ कुमार खड्गविक्रम शाहलगायत सबैलाई सफाइ दिएको छ ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले जग्गा सार्वजनिक हुने ठहर गर्दै आरोपितहरूलाई सफाइ दिएको हो ।
‘प्रतिवादीहरको उक्त कार्यमा कुनै बदनियत रहेको नदेखिँदा सबै प्रतिवादीहरूले सफाइ पाउने,’ विशेष अदालतले तयार पारेको रायमा भनिएको छ, ‘उल्लेखित विवादको जग्गा सरकारी सार्वजनिक जग्गा रहेको फिल्डबुक समेतका मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले जफत भई नेपाल सरकारको नाममा दर्ता कायम हुने ठहर्छ ।’
धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले ९ भदौ २०७९ मा शाह सहित गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा लागेका कुमार खड्कविक्रम दिवंगत राजा वीरेन्द्रका भिनाजु हुन् । अख्तियारले धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गुठीको आवरणमा व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको थियो ।
















रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया