साढे ४ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ

काठमाडौं। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४ किलो ५०४ ग्राम कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
व्यूरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने चार जना विदेशी नागरिकलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थीत एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो।
उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोकिनका क्याप्सुलहरु बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेश कुमार आचार्यले जानकारी दिए। त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई विमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ गरिएको व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक आचार्यले बताए।
अनुसन्धानका क्रममा प्रहरीले उक्त कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्संगीलाई पक्राउ गरेको छ। उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको व्यूरोले जनाएको छ। बरामद गरिएका लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु १५ करोड ७६ लाख हुन आउने बताइएको छ।











प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती
बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया