मेलुङका ७५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी

दोलखा । मेलुङ गाउँपालिकाको ७५ प्रतिशत बस्तीमा खानेपानी पहुँच पुगेको छ । गाउँपालिका अध्यक्ष हिराकुमार थोकर अनुसार पालिकाले खानेपानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
बाँकी २५ प्रतिशत जनतालाई पनि स्वच्छ पानी पुर्याउने कार्य भैरहेको अध्यक्ष थोकरले बताए। पालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ ।
गाउँपालिकाले चालु वर्षमा पालिकाभित्र सानाठूला गरि खानेपानीका ५० वटा योजना वितरण गरेको थियो। जसमा ३० वटा खानेपानी ट्यांकी,२९ वटा इन्टेक ५७।१५५ किलोमीटर खानेपानी पाइपलाइन विस्तार तथा दुई सय ९६ वटा धारा निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख इन्जिनियर सुमन नेपालले बताए।
स्वच्छ खानेपानी वितरणको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ मा ३ करोड ३८ लाख ५० हजार विनियोजन गरेको थियो ।पालिकाको मुख्य प्राथमिकतामा रहेको सडक योजनापछि दोस्रोमा खानेपानीलाई राखेर काम गरिरहेको र आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा पनि खानेपानीलाई उच्च प्राथमिकतामा राख्ने गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।
केही वर्ष अघिसम्म खानेपानीको समस्या लिएर सदरमुकाम पुग्ने स्थानीय अहिले घरमै धारा सहितको स्वच्छ पानी आएपछि स्थानीय दङ्ग छन्।मेलुङकि स्थानीय मनमाया कार्की भन्छिन्, ‘पहिले दुईघण्टा हिडेर खानेपानी लिन जानुपर्ने बाध्यता थियो तर अहिले गाउँपालिकाले घर आगनमै धारा सहितको पानी ल्याइदिएको छ ।’
खानेपानीको जोहोका लागि पहिले कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।














आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
प्रतिक्रिया