राजदूतमा भागबन्डा टुंगियो, माओवादीलाई रास्वपाभन्दा कम सङ्ख्या

काठमाडौँ । सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबिच यस्तो सहमति जुटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी केन्द्रले एक देशको राजदूत पाउने छन् । माओवादीले रास्वपाभन्दा कम संंख्यामा चित्त बुझाएको छ भने सत्ताधारी दल नेकपा (एकीकृत समाजवादी)लगायतलाई भागवण्डामा सामेल गराइएको छैन ।
गत २४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती पद रिक्त छन् ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया