अष्ट्रियासँग पोल्याण्ड पराजित

काठमाडौं। जर्मनीमा जारी युरोकप फुटबलमा अष्ट्रियाले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा पोल्याण्डलाई ३–१ गोलले हराउँदै अष्ट्रिया विजयी भएको हो ।
अष्ट्रियाका गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले एक–एक गोल गरेका थिए भने पोल्याण्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काएका थिए ।
खेलको नवौँ मिनेटमा अष्ट्रियाका ट्राउनरले सुरुवाती गोल गरेका थिए । तर ३०औँ मिनेटमा पोल्याण्डका क्रिस्जटोफले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ६६औँ मिनेटमा बाउमगार्टनर र ७८औँ मिनेटमा एर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई ३–१ गोलको अग्रता दिलाए ।
यो जितसँगै दुई खेलबाट अष्ट्रियाले ३ अंक जोडेको छ । पराजित भएको पोल्याण्ड अंकविहीन हुँदै युरोकपबाट बाहिरिने पहिलो टोली बनेको छ । यो समूहमा रहेका नेदरल्यान्ड्स र फ्रान्सको ४–४ अंक छ ।
अब अष्ट्रियाले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग र पोल्यान्डले फ्रान्ससँग खेल्नेछ ।
















नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
प्रधानन्यायाधीशसँग कानुनमन्त्री सोविता गौतमकाे भेट
योजना अधिकृत हमालको लेक लागेर मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया