शनिबार, माघ ३, २०८२

महिला, बालबालिका मन्त्री चौधरीलाई मातृशोक !

मेरोन्यूज २०८१ असार ८ गते ८:२२

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीलाई मातृशोक परेको छ । मन्त्री चौधरीकी सासुआमा महेश्वरी देवी चौधरीको ८० वर्षको उमेरमा निधन भएको हो ।

उनको शुक्रबार दाङ, लमही नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा निधन भएको मन्त्री चौधरीका देवर करण चौधरीले जानकारी दिए । सात भाई छोरा तीन छोरीकी आमा चौधरीको आज शनिबार परम्परागत रुपमा अन्त्येष्ठी गरिने छ । मन्त्री चौधरीले सासुआमाको निधनले आफू स्तब्ध भएको भन्दै अन्तिम संस्कारका लागि दाङ जान लागेको बताएकी छन् ।

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री चौधरी समाजसेवी, थारु अगुवा युवा दिनेश चौधरीसँग विवाह गरेर दाङ गएकी थिइन् ।

पछि श्रीमानसँगै दाङबाट सुनसरी आएर विभिन्न सामाजिक क्षेत्रमा सक्रिय दिनेश चौधरीको २०६४ साल असार १२ गते दुर्घटनामा निधन भएको थियो । त्यसपश्चात मन्त्री चौधरीले सुनसरी र दाङ दुवैतिर पारिवारिक जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

प्रतिक्रिया