महिला, बालबालिका मन्त्री चौधरीलाई मातृशोक !

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीलाई मातृशोक परेको छ । मन्त्री चौधरीकी सासुआमा महेश्वरी देवी चौधरीको ८० वर्षको उमेरमा निधन भएको हो ।
उनको शुक्रबार दाङ, लमही नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा निधन भएको मन्त्री चौधरीका देवर करण चौधरीले जानकारी दिए । सात भाई छोरा तीन छोरीकी आमा चौधरीको आज शनिबार परम्परागत रुपमा अन्त्येष्ठी गरिने छ । मन्त्री चौधरीले सासुआमाको निधनले आफू स्तब्ध भएको भन्दै अन्तिम संस्कारका लागि दाङ जान लागेको बताएकी छन् ।
सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री चौधरी समाजसेवी, थारु अगुवा युवा दिनेश चौधरीसँग विवाह गरेर दाङ गएकी थिइन् ।
पछि श्रीमानसँगै दाङबाट सुनसरी आएर विभिन्न सामाजिक क्षेत्रमा सक्रिय दिनेश चौधरीको २०६४ साल असार १२ गते दुर्घटनामा निधन भएको थियो । त्यसपश्चात मन्त्री चौधरीले सुनसरी र दाङ दुवैतिर पारिवारिक जिम्मेवारी सम्हाल्दै आएकी छन् ।















भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया