सौन्दर्यविद् सुष्मा महरा सम्मानित

काठमाडौं । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा राष्ट्रिय सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट सम्मानित भएकी छिन् ।
काठमाडौं उद्योग वाणिज्य संघकी सचिव समेत रहेकी उद्यमी व्यवसायी बरिष्ठ सौन्दर्यविद् महरा सम्मानित भएकी हुन् ।
शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सौन्दर्यविद् महरालाई सम्मान गरेका हुन् ।
बिगत २६ बर्षदेखि निरन्तर सौन्दर्य क्षेत्रमा रहेर सामाजिक कार्यमा समेत सक्रिय सम्मानित महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुन् । उनले व्यवसायिक रुपमा हुँदा खाने देखी हुने खानेसम्म र शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीत देखी चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आएकी छिन् ।
फेसियल हाउसलाई बिस्तार गर्दै हालसम्ममा ८ वटा शाखा संजाल रहेका छन् ।















आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया