५ अंकले घट्यो नेप्से

काठमाडौं। साताको पहिलो अर्थात् आइतबार नेपाल स्टक एक्सजेञ्ज (नेप्से) राताम्य भएको छ । फाइनान्समा उत्साह आउँदा अन्य समूहमा भने निराशा देखिएको छ ।
आज नेप्से ५.३७ अंकले घट्दा नेप्से परिसूचक २०६२.९४ विन्दु कायम भएको छ । आइतबार ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक किनबेच भएको छ ।
फाइनान्स समूह १२८.५३ अंकले बढ्दा ७८ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । मूल्य बढेका कम्पनीहरूमा सकारात्मक सर्किट हान्नेमा पनि अधिकांश फाइनान्स र लघुवित्त रहेका छन् ।
आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको शेयर मूल्य घट्दा लघुवित्त र म्युचल फण्डको मूल्य बढी घटेको छ । आज होटल एण्ड टुरिजम समूह ५८.७४ अंकले घट्दा आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स आज पनि राताम्य भएको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको आज १७ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी रिलायन्स फाइनान्स शेयर कारोबार भएको छ । रिलायन्सको ३ लाख ९ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया